mega darknetmega darknet
AarthikBikash
शुक्रबार, साउन ३१, २०८२
  • होमपेज
  • Вот актуальная кракен даркнет для входа.
  • अर्थ/वाणिज्य
  • नेप्सेमा ९ अंकको वृद्धि, साढे २ अर्बको सेयर कारोबार

नेप्सेमा ९ अंकको वृद्धि, साढे २ अर्बको सेयर कारोबार

  • मङ्लबार, माघ २३, २०८०
नेप्सेमा ९ अंकको वृद्धि, साढे २ अर्बको सेयर कारोबार

काठमाडौं – सेयर बजार आज एकल अंकले वृद्धि भएको छ। नेप्से परिसूचक ९.४४ अंकले बढेर २०८५.७१ विन्दुमा कायम भएको हो। सेन्सेटिभ इन्डेक्स भने ०.३८ प्रतिशतले घट्यो।

अघिल्लो कारोबार दिन सोमबार नेप्से १४.५७ अंकले बढेको थियो। सो दिन २ अर्ब ४३ करोड मूल्य बराबरको सेयर कारोबार भएको थियो। नेप्से एकल अंकले बढेपनि कारोबार रकम भने सोमबारको तुलनामा बढेको छ।  आज ३१५ कम्पनीको ७६ लाख २४ हजार ३७६ कित्ता सेयर २ अर्ब ५९ करोड १५ लाख ३४ हजार ९०७ रुपैयाँमा खरिदबिक्री भए।

साढे दुई करोड बढि मूल्यको कारोबार भएको बजारमा एउटा मात्रै कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भयो। समाज लघुवित्त वित्तीय संस्थाको सेयर ९.९९ प्रतिशतले बढेको हो।

गुराँस लघुवित्त वित्तीयको ९.४२ प्रतिशतले मूल्य बढ्दा युनाइटेड अजोड इन्स्योरेन्सको ७.४०,दोर्दी जलविद्युतको ६.९६ र लक्ष्मी उन्नति कोषको ६.३२ प्रतिशतले मूल्य बढेको हो।

यसदिन सामलिङ पावरका लगानीकर्ताले भने गुमाए। सो कम्पनीको सेयर १० प्रतिशतले  घट्यो।

हिमालयन रिइन्स्योरेन्स ३३ करोड बढि मूल्यको सेयर कारोबार गरी शीर्षस्थानमा रह्यो। यसैगरी माउन्टेन इनर्जी नेपालको १६ करोड,नेपाल रिइन्स्योरेन्सको ८ करोड र हाथवेको ७ करोड मूल्य बराबरको सेयर कारोबार भयो।

यसदिन दुई उपसमूहबाहेक ११ उपसमूहका सूचक सकारात्मक देखिए। अदर्श र ट्रेडिङ उपसमूहबाहेक अन्य उपसमूहको सूचक बढेको हो। कारोबारमा आएका १८१ कम्पनीको मूल्य बढ्दा ५७ वटाको घट्यो भने ९ को मूल्य स्थिर रह्यो।

सम्बन्धित समाचार