AarthikBikash
शनिबार, असार १३, २०८३
  • होमपेज
  • अर्थ/वाणिज्य
  • पेट्रोलियम पदार्थको मूल्य घट्यो

पेट्रोलियम पदार्थको मूल्य घट्यो

  • सोमवार, अशोज १४, २०८१
पेट्रोलियम पदार्थको मूल्य घट्यो

काठमाडौं-नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ। निगमले पेट्रोल, डिजेल, हवाई इन्धन र मट्टितेलको मूल्य घटाएको हो।

निगमले पेट्रोलमा एक रुपैयाँ, डिजेल/मट्टितेलमा दुई-दुई रुपैयाँ घटाएको हो। त्यस्तै हवाई इन्धनमा आन्तरिकतर्फ ६ रुपैयाँ र बाह्यमा प्रतिहजार लिटरमा ४५ रुपैयाँ घटाएको निमगले जनाएको छ।

त्यस्तै खाना पकाउने ग्यासको मूल्य भने यथावत राखिएको छ। भारतबाट ४१ रुपैयाँ बढेर आए पनि चाडपर्वलाई लक्षित गरी निगमले ग्यासको मूल्य यथावत् राखेको निगमले जनाएको छ।

नयाँ मूल्यसूची आज रातिदेखि लागू हुनेछ।

सम्बन्धित समाचार