AarthikBikash
बुधबार, माघ २३, २०८१
  • होमपेज
  • खेलकुद
  • एनपीएल: पोखरा र विराटनगर तथा काठमाडौं र जनकपुर भिड्दै

एनपीएल: पोखरा र विराटनगर तथा काठमाडौं र जनकपुर भिड्दै

  • बिहिबार, मंसिर २७, २०८१
एनपीएल: पोखरा र विराटनगर तथा काठमाडौं र जनकपुर भिड्दै

काठमाडौं – कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको खेल मैदानमा जारी नेपाल प्रिमियर लिगमा आज पनि दुई खेल हुँदै छन् ।

पहिलो खेल पोखरा एभेन्जर्स र विराटनगर किंग्सबीच हुनेछ । दोस्रो खेलमा काठमाडौं गुर्खाज् र जनकपुर बोल्ट्सबीच हुनेछ ।

हालसम्म काठमाडौंले दुई खेल जितेको छ भने पाँच खेलमा स्पर्धा गरेको जनकपुर चार खेलमा विजयी भएको छ ।

पहिलो खेल ९ः१५ र दोस्रो खेल १ः१५ बजे हुनेछ । एनपीएलमा अहिलेसम्म १९ वटा खेल सम्पन्न भएका छन् ।

सुदूरपश्चिम रोयल्स पाँच खेलमा आठ अङ्कसहित तालिकाको शीर्ष स्थानमा छ । जनकपुरले पनि पाँच खेलमा ८ अङ्क जोडे पनि नेट रन रेटका आधारमा दोस्रो स्थानमा छ ।

Facebook Comments

सम्बन्धित समाचार