AarthikBikash
बुधबार, फाल्गुन ६, २०८२
  • होमपेज
  • ब्रेक्इङ न्युज
  • सुरक्षाकर्मी परिचालन गरेर खुलाइयो अरनिको राजमार्ग

सुरक्षाकर्मी परिचालन गरेर खुलाइयो अरनिको राजमार्ग

  • बुधबार, फाल्गुन ६, २०८२
सुरक्षाकर्मी परिचालन गरेर खुलाइयो अरनिको राजमार्ग

काठमाडौं– काभ्रेको बनेपा बजारमा टिपरको ठक्करबाट स्कुटर चालकको मृत्यु भएपछि अवरुद्ध अरनिको राजमार्ग सञ्चालनमा आएको छ ।आक्रोशित स्थानीयले टिपरमा आगजनी गरेपछि राजमार्ग अवरुद्ध भएको थियो । अहिले ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरेर राजमार्ग सञ्चालनमा ल्याइएको जिल्ला प्रहरी कार्यालय काभ्रेका डीएसपी रविन विष्टले बताए । उनले नेपालप्रेससँग भने,‘ बनेपाका स्थानीयले टिपरमा आगजनी गरेपछि राजमार्ग अवरुद्ध भएको थियो । अहिले टिपरमा लागेको आगो निभाएर राजमार्गको अवरोध हटाएका छौं ।’

दूरसञ्चार नजिकै बुधबार बिहानै  बागमती प्रदेश ०१००४ क ३४२३ नम्बरको टिपरले बागमती प्रदेश ०२-०६३ प ९१८९ नम्बरको स्कुटरलाई ठक्कर दिँदा स्कुटर चालकको घटनास्थलमै मृत्यु भएपछि बनेपा तनावग्रस्त बनेको थियो । टिपरकाे ठक्करबाट स्कुटर चालक धुलिखेल नगरपालिका-५ का ३१ वर्षीय ओमन प्रधानको मृत्यु भएको थियो । आक्रोशित स्थानीयले टिपरमा आगजनी गर्नुको साथै तोडफोड गरेका थिए ।

मृतकको शव भने अस्पताल लगिएको छ । उनको आफन्तहरु अस्पतालमा रहेकाले थप अनुसन्धान भइरहेको उनले बताए । बागमती प्रदेश ०१००४ क ३४२३ नम्बरको टिपरले बागमती प्रदेश ०२-०६३ प ९१८९ नम्बरको स्कुटरलाई आज बिहान ठक्कर दिएको थियो । दुर्घटना सँगै आक्रोशित सर्वसाधारणले टिपरमा आगजनी गरेका छन् ।

सम्बन्धित समाचार