AarthikBikash
शनिबार, बैशाख २६, २०८३
  • होमपेज
  • खेलकुद
  • स्कटल्याण्डविरुद्ध नेपाल ‘ए’ डिएलएस मेथडबाट ९ रनले विजयी

स्कटल्याण्डविरुद्ध नेपाल ‘ए’ डिएलएस मेथडबाट ९ रनले विजयी

  • शनिबार, बैशाख २६, २०८३
स्कटल्याण्डविरुद्ध नेपाल ‘ए’ डिएलएस मेथडबाट ९ रनले विजयी

काठमाडौं – एकदिवसीय अभ्यास शृङ्खलाको चौथो खेलमा नेपालको ‘ए’ टोलीले स्कटल्याण्डलाई डीएलएस नियमका आधारमा ९ रनले पराजित गरेको छ ।

स्टकल्याण्डले दिएको ३ सय ३ रनको लक्ष्य पछ्याएको नेपालले ३४ ओभर ५ बलमा ४ विकेट गुमाएर २ सय ४ रन बनाउँदा पानी परेपछि खेल रोकिएको थियो । त्यसपछि डीएलएस नियमका आधारमा नेपालको ‘ए’ टोली विजयी भएको हो ।

नेपालका सन्दीप जोराले अविजित ८३ र इशान पाण्डेले ५० रन बनाए । त्यसअघि माथिल्लो मुलपानी क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको स्कटल्याण्डले ८ विकेट गुमाएर ३ सय ३ रन बनायो । स्कटल्याण्डका जर्ज मुन्सीले ६२ र माइकल इंग्लिस नटआउट ५६ रन बनाए । नेपालका आकाश चन्दले ३ विकेट लिए ।

आईसीसी विश्वकप क्रिकेट लिग–टु खेल्न नेपाल आएका अमेरिका र स्कटल्याण्डको टोलीसँग नेपाल ‘ए’ले एकदिवसीय अभ्यास शृङ्खला खेलिरहेको हो । नेपाल ‘ए’ ले स्कटल्याण्ड र अमेरिकासँग दुई/दुई अभ्यास खेल खेल्ने कार्यतालिका अनुसार आजको खेल चौथो हो ।

यसअघि अस्ति भएको पहिलो खेलमा नेपाल ‘ए’ ले स्कटल्याण्डलाई ४५ रनले र हिजो भएको खेलमा अमेरिकालाई तीन विकेटले हराएको थियो ।

नेपाल क्रिकेट संघले सार्वजनिक गरेको तालिकाअनुसार शृङ्खलाको अन्तिम खेलमा नेपालले पर्सि अमेरिकासँग खेल्नेछ ।

सम्बन्धित समाचार