AarthikBikash
बिहिबार, भदौ १८, २०८३
  • होमपेज
  • समाज
  • बाढीपछिको खोज तथा उद्धारमा खटिने सुरक्षाकर्मीलाई भत्ता र खाजा खर्च, मृत्यु भएकाको परिवारलाई १० लाख

बाढीपछिको खोज तथा उद्धारमा खटिने सुरक्षाकर्मीलाई भत्ता र खाजा खर्च, मृत्यु भएकाको परिवारलाई १० लाख

  • बिहिबार, भदौ १८, २०८३
बाढीपछिको खोज तथा उद्धारमा खटिने सुरक्षाकर्मीलाई भत्ता र खाजा खर्च, मृत्यु भएकाको परिवारलाई १० लाख

काठमाडौं – सरकारले रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछिको खोज तथा उद्धारमा खटिएका सुरक्षाकर्मी तथा राष्ट्रसेवक कर्मचारीलाई जोखिम भत्ता र खाजा खर्च उपलब्ध गराउने निर्णय गरेको छ ।

बिहीबार दिउँसो बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको सरकारका प्रवक्ता एवं शिक्षामन्त्री सस्मित पोखरेलले जानकारी दिए ।

साथै, उद्धारका क्रममा घाइते भएमा सुरक्षाकर्मी तथा राष्ट्रसेवक कर्मचारीलाई निःशुल्क औषधि उपचारको व्यवस्था गर्ने पनि निर्णय भएको छ ।

गृह मन्त्रालयको प्रस्तावमा भएको निर्णय अनुसार, उद्धार एवं खोजीका क्रममा कुनै सुरक्षाकर्मी तथा राष्ट्रसेवक कर्मचारीको मृत्यु भएमा निजको परिवारलाई १० लाख राहत उपलब्ध गराउने निर्णय भएको छ ।

आजको मन्त्रीपरिषद् बैठकले गरेको निर्णयको ४ नम्बर बुँदामा भनिएको छ–‘रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछिको खोज तथा उद्धार खटिएका सुरक्षाकर्मी तथा राष्ट्रसेवक कर्मचारीलाई जोखिम भत्ता, खाजा खर्च, घाइते भएमा निस्शुल्क औषधि उपचार, मृत्यु भएमा निजको परिवारलाई प्रतिमृतक १० लाख राहत उपलब्ध गराउने ।’

सम्बन्धित समाचार