AarthikBikash
आइतवार, भदौ २१, २०८३
  • होमपेज
  • समाज
  • गोरखामा बाढीको वितण्डा : तीन घर बगायो, पुलमा पनि क्षति

गोरखामा बाढीको वितण्डा : तीन घर बगायो, पुलमा पनि क्षति

  • आइतवार, भदौ २१, २०८३
गोरखामा बाढीको वितण्डा : तीन घर बगायो, पुलमा पनि क्षति

गोरखा – गोरखाको चुमनुम्ब्री गाउँपालिकामा बाढीले तीनवटा घर बगाएको छ । बाढीले एउटा पुलमा समेत क्षति पुर्‍याएको छ ।

चुमनुम्ब्री गाउँपालिका–४ नाम्रुङ खोलामा आइतबार बिहान करिब साढे ३ बजे आएको बाढीले स्थानीय तीन परिवारका घर बगाएको गाउँपालिका अध्यक्ष निमा लामाले जानकारी दिए ।

उनका अनुसार बाढीले नाम्रुङका नगु छिरिङ, उर्गिन लामा र लाक्पाभुटी लामाको घर पूर्ण रूपमा बगाएको हो।

बाढीका कारण ठूलो भौतिक क्षति भए पनि मानवीय क्षति भने नभएको अध्यक्ष लामाले बताए।

बाढीले स्थानीय एक पुलमा समेत क्षति पुर्‍याएको छ। बाढीपछि अहिले पानी पर्न रोकिएको र नाम्रुङ खोला पनि घट्दै गएको अध्यक्ष लामाले जानकारी दिए।

स्थानीय क्षेत्रमा थप क्षतिको विवरण संकलन तथा अवस्थाको मूल्यांकन भइरहेको जनाइएको छ।

सम्बन्धित समाचार