AarthikBikash
आइतवार, अशोज २५, २०८३
  • होमपेज
  • समाज
  • भासिएको पृथ्वी राजमार्ग दुईतर्फी खुल्यो

भासिएको पृथ्वी राजमार्ग दुईतर्फी खुल्यो

  • आइतवार, अशोज २५, २०८३
भासिएको पृथ्वी राजमार्ग दुईतर्फी खुल्यो

धादिङ – नदी कटानका कारण धादिङको गलौँदीमा भासिएर अवरुद्ध पृथ्वी राजमार्ग आइतबार अपराह्नदेखि दुईतर्फी सञ्चालनमा आएको छ।

सडक अवरुद्ध हुँदा दशैँ मनाउन घर जाने यात्रुसहित राजमार्ग भएर आवतजावत गर्ने यात्रुहरू प्रभावित भएका थिए।

नेपाल प्रहरीका अनुसार गजुरी गाउँपालिका–५, गलौँदीमा भासिएको सडक आइतबार दिउँसो ३ः१० बजेदेखि दुईतर्फी सञ्चालनमा ल्याइएको हो।

भासिएको खण्डको माथिल्लो भाग कटान गरेर सडक मर्मत तथा व्यवस्थापन गरी यातायात सञ्चालनमा ल्याइएको प्रहरीले जनाएको छ।

शुक्रबार साँझ नदी कटानका कारण सडकको करिब १०० मिटर भाग चर्किएको थियो भने २० मिटर खण्ड भासिएको थियो। त्यसपछि उक्त राजमार्गमा सवारीसाधनको आवागमन रोकिएको थियो।

सडक पुनः सञ्चालनमा आएसँगै रोकिएका सवारीसाधनले दुईतर्फी आवागमन गर्न थालेका छन्।

दशैँका बेला घर जाने यात्रु तथा पृथ्वी राजमार्ग हुँदै यात्रा गर्नेहरूलाई यसबाट राहत मिल्ने भएको छ।

सम्बन्धित समाचार