बुधवार शपथ लिँदै ज्येष्ठ सदस्य अर्जुननरसिंह केसी
काठमाडौं– प्रतिनिधिसभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले राष्ट्रपति रामचन्द्र पौडेलबाट चैत ११ गते बुधबार शपथ लिने भएका छन्। राष्ट्रपति पौडेलले राष्ट्रपति भवन, शीतलनिवासमा बिहान ११:१५ बजे केसीलाई पद तथा गोपनीयताको शपथ गराउने राष्ट्रपतिको कार्यालयले जनाएको छ। संसदीय परम्पराअनुसार ज्येष्ठ सदस्यलाई पहिले राष्ट्रपतिले शपथ गराउँछन्। त्यसपछि ज्येष्ठ सदस्यले अन्य सबै सांसदलाई शपथ गराउनेछन्। धारा ९१ (५) अनुसार […]