मनहरि-हेटौँडाबाट काठमाडौं जाने छोटो दुरीका सबै सडक पहिरोका कारण अवरुद्ध भएका छन् । गए रातिदेखि परेको अविरल वर्षाका कारण हेटौँडा–भैँसे(भीमफेदी सडक खण्ड पहिरोको कारण अवरुद्ध भएको हो । भीमफेदी–२ भैँसे बजारबाट दुई किलोमिटरको दूरी पहिरो खसेकोले सडक सञ्चालन अवरुद्ध भएको प्रहरीले जनाएको छ । त्यस्तै, कुलेखानी–सिस्नेरी–काठमाडौं सडक खण्डमा पनि पहिरो खसेपछि अवरुद्ध भएको छ । […]
काठमाडौं- काठमाडौं महानगरपालिकाले कपनको खहरे खोला खुला गर्न सुरु गरेको छ । शुक्रबार साँझ काठमाडौं महानगरपालिका-१० र बूढानीलकण्ठ-७ को सीमानामा रहेको सात तले चोकनजिक खहरे खोला खोल्न काठमाडौं महानगरपालिकाले डोजर चलाएको हो । हिजो बिहानदेखि दुई पालिकाबीच खोलाको विषयमा विवाद हुँदा खोला वरपरको संरचना हटाउन सकेको थिएन । आज दुई पालिकाका प्रतिनिधिबीच लामो छलफलपछि खाेला खाेल्ने […]
काठमाडौं- डेङ्गुको सङ्क्रमणबाट एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मकवानपुरको हेटौँडा उपमहानगरपालिका–१२ का एक पुरुष रहेका छन् । स्वास्थ्य कार्यालय चितवनका सूचना अधिकारी राम केसीका अनुसार ४१ वर्षीय पुरुषको उपचारका क्रममा बिहीबार चितवन मेडिकल कलेजमा मृत्यु भएको हो । उनी बिरामी भई यही साउन २३ गते अस्पताल भर्ना भएका थिए । उनको उपचारका क्रममा […]