केयुले मनलाग्दी शुल्क लिएको भन्दै विद्यार्थी आन्दोलित
काठमाडौं : काठमाडौं विश्वविद्यालय(केयू)ले अनलाइन कक्षा सञ्चालन शुल्कबाहेक अन्य शुल्क पनि लिन थालेपछि केयुका विद्यार्थी आन्दोलित भएका छन्। विद्यार्थीले सेवा नलिएका शीर्षकको पनि केयुले शुल्क लिएको भन्दै विश्वविद्यालयका स्कुल अफ इञ्जिनियरिङ, स्कुल अफ साइन्स्, स्कुल अफ ल र स्कुल अफ म्यानेजमेन्टका विद्यार्थीहरूले आइतबार विश्वविद्यालय परिसरमा नै रिले अनशन थालेका हुन्। अनेरास्ववियु,काठमाडौं विश्वविद्यालयका प्रभावशाली विद्यार्थी नेता […]