AarthikBikash
बिहिबार, अशोज ३, २०८१
  • होमपेज
  • ब्रेक्इङ न्युज
  • सुनको मूल्य तोलामा २ सय रुपैयाँले बढ्यो

सुनको मूल्य तोलामा २ सय रुपैयाँले बढ्यो

  • बुधबार, भदौ २७, २०८०
सुनको मूल्य तोलामा २ सय रुपैयाँले बढ्यो

काठमाडौं- साता कारोबारको चौथो दिन अर्थात बुधबार सुनको मूल्यमा बृद्धि भएको छ । नेपाली बजारमा आज २ सय रुपैयाँले सुन बृद्धि भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य एक लाख १२ हजार २ सय र तेजावी सुनको मूल्य प्रतितोला एक लाख ११ हजार ६५० रुपैयाँ कायम भएको छ । कारोबारको अघिल्लो दिन पनि छापावाला सुनको मूल्य एक लाख १२ हजार र तेजावी सुनको मूल्य प्रतितोला एक लाख ११ हजार ४५० रुपैयाँ कायम भएको थियो ।

कारोबारका अघिल्लो दिन मंगलबार प्रतितोला एक हजार ४०५ रुपैयाँ कायम रहेको चाँदी आज एक हजार ३९० रुपैयाँमा कायम भएको छ ।

Facebook Comments

सम्बन्धित समाचार