AarthikBikash
आइतवार, भदौ २३, २०८१
  • होमपेज
  • समाज
  • दुर्घटनामा ट्याक्टर चालकको मृत्यु

दुर्घटनामा ट्याक्टर चालकको मृत्यु

  • बिहिबार, माघ १८, २०८०
दुर्घटनामा ट्याक्टर चालकको मृत्यु

काठमाडौं- सल्यानमा ट्याक्टर दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु भएको छ। बिहीबार बिहान सल्यान बागचौर नगरपालिका–८ कोटमौलाबाट डाँगीगाउँ जाँदै गरेको रा १ त ३८५७ नम्बरको ट्याक्टर कोटमौलास्थित भित्री सडकखण्डमा दुर्घटना भएको हो।

दुर्घटनामा परी सल्यान कुमाख गाउँपालिका–६ बडागाउँका १९ वर्षीय चालक जनक विकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ।

कोटमौलाबाट डाँगीगाउँतर्फ मल (गोबर) लिएर जाने क्रममा अनियन्त्रित भई दुर्घटना हुँदा चालकलाई ट्याक्टरले किचेका विकको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी भवानीप्रसाद धमलाले जानकारी दिए।

घटनास्थलमा इलाका प्रहरी कार्यालय थारमारेबाट टोली घटनास्थल पुगेको र आवश्यक अध्ययन अनुसन्धान अघि बढाएको प्रहरीले जनाएको छ।

Facebook Comments

सम्बन्धित समाचार