AarthikBikash
मङ्लबार, असार ११, २०८१
  • होमपेज
  • अर्थ/वाणिज्य
  • तोलामा सात सयले बढ्यो सुनको मूल्य

तोलामा सात सयले बढ्यो सुनको मूल्य

  • शुक्रबार, बैशाख ७, २०८१
तोलामा सात सयले बढ्यो सुनको मूल्य

काठमाडौं-स्थानीय बजारमा पहेँलो धातुका मूल्य शुक्रबार पनि उकालो लागेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, छापावाला सुन प्रतितोला सात सयले उकालो लागेको छ ।

बिहीबार प्रतितोला एक लाख ३८ हजार ६ सयमा कारोबार भएकामा आजका लागि भने रु एक लाख ३९ हजार तीन सय मूल्य निर्धारण भएको छ । यस्तै तेजाबी सुन बिहीबार तोलामा रु एक लाख ३७ हजार नौ सय ५० मा कारोबार भएकामा आजका लागि भने एक लाख ३८ हजार छ सय ५० निर्धारण भएको छ ।

त्यस्तै चाँदीको मूल्य भने सामान्य गिरावट भएको छ । बिहीबार प्रतितोला रु एक हजार सात सय २५ मा कारोबार भएकामा आजका लागि भने एक हजार सात सय २० निर्धारण भएको छ ।

Facebook Comments

सम्बन्धित समाचार