AarthikBikash
मङ्लबार, असार ११, २०८१
  • होमपेज
  • समाज
  • झोलुंगे पुलमा अड्किएका खच्चडलाई नदीमा खसालेर उद्धार गरिँदै

झोलुंगे पुलमा अड्किएका खच्चडलाई नदीमा खसालेर उद्धार गरिँदै

  • आइतवार, जेष्ठ २७, २०८१
झोलुंगे पुलमा अड्किएका खच्चडलाई नदीमा खसालेर उद्धार गरिँदै

दैलेख-कर्णाली नदीमाथिको झोलुंगे पुलमा आइतबार बिहान फसेका खच्चडहरूको उद्धार कार्य थालिएको छ ।

अछाम र दैलेखबाट खटिएका सुरक्षाकर्मीको टोली र स्थानीय बासिन्दाको सहयोगमा खच्चडहरूको उद्धार गर्न लागिएको हो ।

पुलबाटै उद्धार सम्भव नभएकाले तार काटेर फसेका खच्चडलाई नदीमा खसाल्न थालिएको छ ।

अछामबाट चामल बोकेर दैलेखको आठबीस नगरपालिकाको राकम बजार आउँदै गरेका १३ वटा खच्चर पुलमा फसेका थिए।

अछामको पञ्चदेवल नगरपालिका र दैलेखको आठबीसलाई जोड्ने कर्णाली नदीमाथिको उक्त पुलको एकछेउका लठ्ठा चुडिँदा खच्चर अड्किन पुगेका थिए।

लठ्ठा चुडिँएको भागको पुल झुकेपछि १३ खच्चर जालीमा छिरेका थिए।

Facebook Comments

सम्बन्धित समाचार