mega darknetmega darknet
AarthikBikash
सोमवार, भदौ २३, २०८२
  • होमपेज
  • Вот актуальная кракен даркнет для входа.
  • राजनीति
  • रविले ममाथि प्रतिशोध साधेर स्टन्टको राजनीति गर्न खोजे : विनोद चौधरी

रविले ममाथि प्रतिशोध साधेर स्टन्टको राजनीति गर्न खोजे : विनोद चौधरी

  • सोमवार, साउन ७, २०८१
रविले ममाथि प्रतिशोध साधेर स्टन्टको राजनीति गर्न खोजे : विनोद चौधरी

काठमाडौं– नेपाली कांग्रेस सांसद विनोद चौधरीले आफुमाथि प्रतिशोध साधेर स्टन्टको राजनीति गर्न खोजिएको बताएका छन् ।सोमबार सामाजिक सञ्जाल एक्समा लेख्दै उद्योगपतिसमेत रहेका चौधरीले यस्तो बताएका हुन् । उनले राष्ट्रिय स्वतन्त्र पाटीका सभापति रवि लामिछानेले स्टन्टको राजनिति गरेको आरोप लगाए ।

आइतबार प्रतिनिधिसभामा लामिछानेले बाँसबारी छाला जुत्ताको अनुसन्धान चलीरहँदारहँदै बालकोटबाट गीतको आवाज आएको बताएका थिए ।सांसद चौधरीले लेखेका छन्, ‘प्रतिनिधिसभाको बैठकमा एक जना माननीयले मप्रति लक्षित गरेर जनतालाई दिग्भ्रमित पार्ने नियतले तथ्यहीन, अत्यन्तै नियोजित र कुण्ठापूर्ण अभिव्यक्ति दिएका छन् । जसकाप्रति मेरो घोर आपत्ति छ, विवादित विगत र वर्तमान भएको र अहिले पनि राज्यको छानबिनको घेरामा रहेको व्यक्तिले जसरी आज संसद्जस्तो गरिमामय थलोमा कुण्ठा पोखे, ती स्टन्टको राजनीतिबाहेक अरु केही होइन ।’

सभापति लामिछानेले उल्लेख गरेका केही प्रसंगमाथि जवाफ दिँदै चौधरीले आफूमाथि प्रतिशोध साध्न खोजिएको बताए।सांसद चौधरीले अन्तर्राष्ट्रिय संगीत दिवसका दिन बालकोटस्थित प्रधानमन्त्री केपी शर्मा ओलीको निजी निवासमा गएको विषयलाई लामिछानेले असान्दर्भिक रूपमा राजनीतिकरण गरेको समेत आरोप लगाएका थिए ।

सम्बन्धित समाचार