AarthikBikash
बिहिबार, जेष्ठ १४, २०८३
  • होमपेज
  • राजनीति
  • आज र भोलि सर्वोच्च अदालतमा बन्दीप्रत्येक्षीकरणको रिट मात्रै सुनुवाइ हुने

आज र भोलि सर्वोच्च अदालतमा बन्दीप्रत्येक्षीकरणको रिट मात्रै सुनुवाइ हुने

  • बिहिबार, जेष्ठ १४, २०८३
आज र भोलि सर्वोच्च अदालतमा बन्दीप्रत्येक्षीकरणको रिट मात्रै सुनुवाइ हुने

काठमाडौं – सार्वजनिक बिदाका कारण सर्वोच्च अदालत बन्द रहने भए पनि बन्दीप्रत्यक्षीकरण (ह्याबियस कर्पस) सम्बन्धी रिट निवेदनमा मात्र नियमित सुनुवाइ हुने भएको छ ।

अदालतले सूचना जारी गर्दै सार्वजनिक बिदा अवधिमा अन्य सबै न्यायिक सेवा स्थगित रहने तर संवैधानिक रूपमा अत्यावश्यक मानिने बन्दीप्रत्यक्षीकरणका मुद्दामा मात्रै सुनुवाइ जारी रहने जनाएको हो ।

अदालतका अनुसार आज बकर इद (इद–उल–अज्हा) को सार्वजनिक बिदा परेको छ। त्यसैगरी भोलि गणतन्त्र दिवस, त्यसपछि शनिबार र आइतबारसमेत गरी आजदेखि लगातार चार दिन सार्वजनिक बिदा परेको छ।

बिदा अवधिभर बन्दीप्रत्यक्षीकरणका रिट निवेदनहरूको सुनुवाइका लागि मात्र बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म इजलास खुला रहने सर्वोच्चले स्पष्ट पारेको छ।

सर्वोच्च अदालतले यस्तो व्यवस्था नागरिकको मौलिक हक र स्वतन्त्रताको संरक्षण सुनिश्चित गर्न आवश्यक भएको भन्दै आपतकालीन प्रकृतिका मुद्दामा न्यायिक सेवा निरन्तर रहने जनाएको छ।

यस अवधिमा अन्य प्रकारका रिट तथा मुद्दा भने बिदा सकिएपछि मात्र नियमित रूपमा दर्ता र सुनुवाइ हुनेछन्।

सम्बन्धित समाचार