काठमाडौं – फिफा विश्वकपमा दक्षिण कोरियाले चेकियामाथि जित हासिल गरेको छ ।
२० वर्षपछि विश्वकपमा पुनरागमन गरेको चेकिया दक्षिण कोरियासँग २-१ गोलले पराजित भएको हो ।
खेलको दोस्रो हाफको ५६ औँ मिनेटमा चेकियाका कप्तान लेडिस्क्लाभ क्रेज्कीले हेडर मार्फत गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए ।
दक्षिण कोरियाका ह्वाङ इबोनले ६७ औँ मिनेटमा गोल गर्दै खेललाई बराबरीमा ल्याए ।
८० औँ मिनेटमा ओ हेन्युले गोल गर्दै दक्षिण कोरियाको अग्रता बढाए । जितसँगै दक्षिण कोरियाले तीन अंक जोडेको छ ।