mega darknetmega darknet
AarthikBikash
शुक्रबार, भदौ २७, २०८२
  • होमपेज
  • Вот актуальная кракен даркнет для входа.
  • अर्थ/वाणिज्य
  • सुपरमाई हाइड्रोपावरको आईपीओ बाँडफाँट

सुपरमाई हाइड्रोपावरको आईपीओ बाँडफाँट

  • शुक्रबार, फाल्गुन ५, २०७९
सुपरमाई हाइड्रोपावरको आईपीओ बाँडफाँट

काठमाडौं-सुपरमाई हाइड्रोपावरको आईपीओ शुक्रबार बिहान बाँडफाँट भएको छ। यस कम्पनीको आईपीओ बाँडफाँटमा ४१ हजार ५०० जनाले गोलाप्रथामार्फत १० कित्ताका दरले सेयर हात पारेका छन्।

उक्त आईपीओका लागि कुल १३ लाख २२ हजार ४९२ जनाले आवेदन दिएकोमा ४ हजार १७२ जनाको आवेदन रद्द भएको बिक्री बिक्री प्रबन्धक सानिमा क्यापिटलले जनाएको छ।

कम्पनीले माघ २३ गतेदेखि २६ गतेसम्म सर्वसाधारणका लागि ४ लाख १५ हजार कित्ता आईपीओ बिक्री खुला गरेको हो। कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागी कुल ५ लाख कित्तामध्ये १० प्रतिशत अर्थात् ५० हजार कित्ता सेयर्र बिक्री गरेको थियो।

यस्तै, सामूहिक लगानी कोषको लागि ५ प्रतिशत अर्थात् २५ हजार कित्ता र २ प्रतिशत अर्थात् १० हजार कित्ता सेयर कम्पनीमा कार्यरत कर्मचारीहरू छुट्याएको हो । बाँकी रहेको सेयर कम्पनीले सर्वसाधारणमा वितरण गरेको हो।

लगानीकर्ताले बिक्री प्रबन्धकको वेबसाइट र मेरोसेयर एकाउन्टबाट आईपीओको नतिजा हेर्न सक्नेछन्। कम्पनीको वेबसाइट तथा सिडिएस एन्ड क्लियरिङको वेबसाइट बाट पनि नतिजा हेर्न सकिन्छ।

 

सम्बन्धित समाचार