AarthikBikash
आइतवार, बैशाख २७, २०८३
  • होमपेज
  • अर्थ/वाणिज्य
  • घट्यो हवाई भाडा

घट्यो हवाई भाडा

  • मङ्लबार, असार १९, २०८०
घट्यो हवाई भाडा

काठमाडौं-नेपाल आयल निगमले हवाई इन्धनको भाडा घटाएसँगै हवाई भाडा पनि घटेको छ। हिजो सोमवार आयल निगमले हवाई इन्धन आन्तरिकतर्फ प्रतिलिटर १४ रुपैयाँले घटाएको थियो।

निगमले इन्धनको भाउ घटाएसँगै नेपाल नागरिक उड्डयन प्राधिकरणले हवाई यात्रुको इन्धन शुल्क पनि घटाएको हो। यात्रुको इन्धन शुल्क घट्नु भनेको भाडा पनि घट्नु हो। सबैभन्दा धेरै इन्धन शुल्क विराटनगर–नेपालगञ्ज रुटमा सात सय ५० रुपैयाँले र सबैभन्दा कम लुक्ला–फाप्लुको भाडा ६० रुपैयाँले घटेको छ।

यस्तै काठमाडौं–धनगढीको भाडा छ सय ५० रुपैयाँ, काठमाडौं–नेपालगञ्जको चार सय ५५, विराटनगर–भैरहवाको चार सय ५०, पोखरा–धनगढीको चार सय ७५ र काठमाडौं–सुर्खेतको भाडा चार सय ८५ रुपैयाँले घटेको छ।

यस्तै काठमाडौं–भद्रपुरको भाडा चार सय २० रुपैयाँ, पोखरा–नेपालगञ्जको तीन सय ३०, काठमाडौं–जनकपुरको एक सय ८० र काठमाडौं–भैरहवाको भाडा दुई सय ८५ रुपैयाँले घटेको छ।

घटेको शुल्क भोलि बुधवारदेखि लागू हुनेछ। प्राधिकरणले यसअघि असार ६ गते पनि इन्धन शुल्क घटाएको थियो।

सम्बन्धित समाचार