AarthikBikash
शनिबार, मंसिर ८, २०८१
  • होमपेज
  • अर्थ/वाणिज्य
  • कुमारी बैंकको साढे ७ लाख कित्ता संस्थापक सेयर लिलामी भर्ने आज अन्तिम मौका

कुमारी बैंकको साढे ७ लाख कित्ता संस्थापक सेयर लिलामी भर्ने आज अन्तिम मौका

  • मङ्लबार, भदौ १९, २०८०
कुमारी बैंकको साढे ७ लाख कित्ता संस्थापक सेयर लिलामी भर्ने आज अन्तिम मौका

काठमाडौं-कुमारी बैंकको ७ लाख ५१ हजार ६९९ कित्ता संस्थापक सेयर लिलामी भर्ने आज (भदौ १९ गते) अन्तिम दिन हो

आज कार्यालय समयसम्म मात्र यसमा आवेदन दिन सकिनेछ । यस लिलामी सेयरमा बैंककै संस्थापक सेयरधनीसहित अन्य व्यक्ति, कम्पनी तथा संघसंस्थाले आवेदन दिन सक्नेछन् ।

यसमा न्यूनतम १०१ रुपैयाँ वा सो भन्दा बढी मूल्य कबोल गरी गोप्य शिलबन्दी बोलपत्र पेश गर्नुपर्नेछ । लगानीकर्ताले न्यूनतम १ हजार कित्तादेखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन सक्नेछन् । बिक्री प्रबन्धक एनआइएमबी एस क्यापिटल, लाजिम्पाट काठमाडौंमा पुग्ने गरी आवेदन बुझाउनुपर्नेछ ।

Facebook Comments

सम्बन्धित समाचार