AarthikBikash
बिहिबार, अशोज ३, २०८१
  • होमपेज
  • अर्थ/वाणिज्य
  • ६० अर्बको आईपीओ ल्याउने नेपाल विद्युत् प्राधिकरणको तयारी

६० अर्बको आईपीओ ल्याउने नेपाल विद्युत् प्राधिकरणको तयारी

  • सोमवार, अशोज २९, २०८०
६० अर्बको आईपीओ ल्याउने नेपाल विद्युत् प्राधिकरणको तयारी

काठमाडौं-नेपाल विद्युत् प्राधिकरणले यस वर्ष पनि ‘डबल ए प्लस’ क्रेडिट रेटिङ पाएको छ ।

प्रिमियम मूलयमा आईपीओ निष्कासन गर्ने तयारीमा रहेको प्राधिकरणलाई इक्रा नेपालले क्रेडिट रेटिङ गरी ‘इक्रा एनपी डबल ए प्लस’ स्तरको रेटिङ प्रदान गरेको हो ।

डबल ए प्लस रेटिङ प्राप्त गर्ने संस्थाको आफ्नो वित्तीय तथा आर्थिक दायित्व समयमै बहन गर्न सक्ने उच्च क्षमता सुरक्षित रहन्छ । डबल ए प्लस रेटिङ पाउने संस्थासँगको वित्तीय कारोबारमा ज्यादै न्यून ऋण भुक्तानी जोखिम हुन्छ ।

प्राधिकरणले अघिल्लो वर्ष पनि सोही रेटिङ पाएको थियो । इक्रा नेपालले प्राधिकरणको वित्तीय अवस्था, सम्पत्ति, व्यावसायिक तथा वित्तीय जोखिमहरुको विश्लेषण, व्यवस्थापकीय क्षमता, सञ्चालन प्रभावकारितामा प्रभाव पार्ने आन्तरिक तथा वाह्य वातावरणीय तत्वहरुलगायतको विश्लेषण गरेको थियो ।

सोही विश्लेषणका आधारमा प्राधिकरणको क्रेडिट रेटिङ गरिएको हो । क्रेडिट रेटिङमार्फत कुनै व्यक्ति वा सङ्गठित संस्थाको साखको गुणस्तर सम्बन्धमा मूल्याङ्कन गर्ने तथा राय प्रकट गर्ने काम गरिन्छ ।

प्राधिकरणले तेस्रो वित्तीय पुनर्संरचना गरी नेपाल विद्युत् प्राधिकरण ऐन, २०४१ बमोजिम संस्थाको सेयर सर्वसाधारणमा जारी गर्ने प्रस्ताव अर्थ मन्त्रालयमा पेश गरिसकेको छ ।

प्राधिकरणको चुक्ता पूँजी करिब ३ खर्ब रुपैयाँ कायम गरी त्यसको १० प्रतिशत सार्वजसनिक निष्कासन गर्ने तयारी गरेको हो । उक्त सार्वजनिक निष्कासनबाट प्रिमियमसहित करिब ६० अर्ब रुपैयाँ बराबरको स्रोत संकलन गर्ने प्रस्ताव प्राधिकरणले गरेको छ ।

प्राधिकरणको सेयरको प्रतिकित्ता किताबी मूल्य करिब १२५ रुपैयाँ कायम गर्ने र त्यसमा त्यति नै रकम प्रिमियम थप गरी सेयर निष्कासनको प्रस्ताव गरिएको प्राधिकरणले जनाएको छ ।

Facebook Comments

सम्बन्धित समाचार