AarthikBikash
बुधबार, मंसिर १९, २०८१

हालको खबर

  • होमपेज
  • अर्थ/वाणिज्य
  • शेयरबजारमा ६ अंकको गिरावट

शेयरबजारमा ६ अंकको गिरावट

  • बिहिबार, कार्तिक २, २०८०
शेयरबजारमा ६ अंकको गिरावट

काठमाडौं-शेयरमा अघिल्ला दुई कारोबार दिनमा देखिएको उत्साह बिहीबार भने टुटेको छ । आज शेयरबजार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा ६ अंकको गिरावट भएको हो ।

कारोबार बन्द हुँदा नेप्से सूचक १९०१.८९ बिन्दुमा झरेको छ । आजको कारोबारमा जम्मा ८० कम्पनीको शेयरमूल्य वृद्धि भए पनि १५० कम्पनीको मूल्यमा भने गिरावट आएको छ । ६ कम्पनीको शेयरमूल्यमा कुनै परिवर्तन आएको छैन ।

बिहीबार ९७ करोड ६१ लाख रुपैयाँको कारोबार हुँदा सिटिजन्स म्युचुअल फण्ड-२ का लगानीकर्ताहरूले सर्वाधिक कमाएका छन्‌ । अपर सोलु हाइड्रोइलेक्ट्रिक कम्पनीका लगानीकर्ताहरूले प्रतिकित्तामा २२ रुपैयाँ गुमाउँदै सर्वाधिक नोक्सानी ब्यहोरेका छन्‌ ।

नबिल बैंक लिमिटेड प्रमोटर शेयरको सर्वाधिक कारोबार भएको छ । यो कम्पनीको ५ करोड ९० लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको हो ।

यसअघि नेप्से मंगलबार १३.१८ र बुधबार ४३.२७ अंकले बढेको थियो । तर, साताको अन्तिम कारोबार दिनमा वृद्धि टिकाउन कारोबारीहरू असफल भएका हुन्‌ ।

Facebook Comments

सम्बन्धित समाचार

नेपाल र चीनबीच बेल्ट एवं रोड सहकार्यको फ्रेमवर्कमा हस्ताक्षर
नेपाल र चीनबीच बेल्ट एवं रोड सहकार्यको फ्रेमवर्कमा हस्ताक्षर
एनपीएलमा सट्टेबाजी गराउने चार जना पक्राउ
एनपीएलमा सट्टेबाजी गराउने चार जना पक्राउ
आज चिनियाँ समकक्षीसँग भेटवार्ता गर्दै प्रधानमन्त्री ओली
आज चिनियाँ समकक्षीसँग भेटवार्ता गर्दै प्रधानमन्त्री ओली
कीर्तिपुर नगरपालिकाको मेयरमा कांग्रेसका डंगोल विजयी
कीर्तिपुर नगरपालिकाको मेयरमा कांग्रेसका डंगोल विजयी
चार दिने भ्रमणका लागि चीन पुगे प्रधानमन्त्री ओली
चार दिने भ्रमणका लागि चीन पुगे प्रधानमन्त्री ओली
काठमाडौं- नेपाल प्रिमियर लिग (एनपीएल)मा जनकपुर बोल्ट्सले लगातार दोस्रो जित दर्ता गरेको छ। सोमबार भएको दोस्रो खेलमा जनकपुर बोल्ट्सले कर्णाली याक्सलाई ८ विकेटले पराजित गरेको हो।अनिल र आसिफ शेखले जनकपुरको पहिलो विकेटका लागि ८४ रनको साझेदारी गरेका थिए ।  आसिफ ३६ रनमा आउट हुँदा लाहिरू मिलन्थाले २४ रन जोडे । जिमी निशम १६ रनमा अविजित रहे । कर्णालीले दिएको १४२ रनको लक्ष्य जनकपुरले २ विकेटको क्षतिमा १५ ओभरमा पूरा गर्‍यो। यसअघि पहिलो खेलमा जनकपुरले विराटनगर किंग्सलाई ८ विकेटले नै हराएको थियो।