AarthikBikash
शनिबार, मंसिर ८, २०८१
  • होमपेज
  • अर्थ/वाणिज्य
  • नेपाल वेयर हाउजिङले आईपीओ निष्कासन गर्ने

नेपाल वेयर हाउजिङले आईपीओ निष्कासन गर्ने

  • शुक्रबार, मंसिर १, २०८०
नेपाल वेयर हाउजिङले आईपीओ निष्कासन गर्ने

काठमाडौं – नेपाल वेयर हाउजिङ कम्पनी लिमिटेडले यही मंसिर १० गतेदेखि सर्वसाधारणलाई प्राथमिक सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ । कम्पनीले प्रतिकित्ताअंकित मूल्य १०० रुपैयाँमा ११ लाख ४१ हजार २५० कित्ता सेयर निष्कासन गर्न लागेको हो ।

उक्त आईपीओमा न्यूनतम १० देखि अधिकतम ५० हजार कित्तासम्मका निम्ति आवेदन दिन सकिनेछ । छिटोमा मंसिर १३ गतेसम्म आवेदन दिन सकिनेछ । सो अवधिमा मागानुसार आवेदन नपरे मंसिर २४ गतेसम्म आवेदन दिने समय थप हुने बताइएको छ ।

कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा हिमालयन क्यापिटल रहेको छ । धितोपत्र बोर्डबाट स्वीकृत प्राप्त गरेका सीआस्बा सदस्य बैंक तथा वित्तीय संस्था र सिडिएस एण्ड क्लियरिङ्गले सञ्चालनमा ल्याएको मेरो सेयरमार्फत् लगानीकर्ताहरुले आवेदन दिन सक्नेछन् ।

क्रेडिट रेटिङ्गले कम्पनीलाई आईआरएन डबल बी इस्यूअर रेटिङ्ग प्रदान गरेको छ । यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ ।

Facebook Comments

सम्बन्धित समाचार