काठमाडौं-प्रतिनिधिसभा अन्तर्गतको अर्थ समितिले दूरसञ्चार सेवाप्रदायक कम्पनी एनसेलको सेयर खरिद बिक्री रोक्न निर्देशन दिएको छ ।
बुधबारको बसेको बैठकले दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलको सेयर स्वामित्व खरिद बिक्री रोक्न सरकारलाई निर्देशन दिएको हो।
लेखा समितिले एनसेलको खरिदबिक्रीबारे ३० दिनभित्र छानबिन गर्न पनि सरकारलाई निर्देशन दिएको छ ।
त्यस्तै यस विषयमा छलफल गर्न समितिले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई नै बोलाउने निर्णय पनि गरेको छ ।