AarthikBikash
आइतवार, कार्तिक ११, २०८१
  • होमपेज
  • अर्थ/वाणिज्य
  • बैंक, बीमा लगायत अधिकांश वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृतहरु राजनीतिक दलमा आबद्ध

बैंक, बीमा लगायत अधिकांश वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृतहरु राजनीतिक दलमा आबद्ध

  • आइतवार, कार्तिक ११, २०८१
बैंक, बीमा लगायत अधिकांश वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृतहरु राजनीतिक दलमा आबद्ध

काठमाडौं – बैंक, बीमा लगायत अधिकांश वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृतहरु विभिन्न राजनीतिक दलमा आबद्ध भएको पाइएको छ । कांग्रेस, एमाले, माओबादी जस्ता ठुला दलका पार्टीका माथिल्ला तहमा समेत कतिपय सिइओ हरु आबद्ध छन् ।

राजनीति गर्नु नराम्रो कुरा होइन राजनीति राज्यसत्तासँग सम्बन्धित विषय हो । विशेष उद्देश्य प्राप्तिको लागि दिगो विकास , अग्रगामी परिबर्तनका लागी राजनीति गरिन्छ राजनीति मार्फत ठुला ठुला सहमति कायम गर्दछन्।

तर, देशको कानुन, नीति नियम ले के भन्छ त? प्राइभेट कम्पनि का कर्मचारी ले राजनीतिक तह मा बस्न मिल्छ कि मिल्दैन ? अध्यन र विश्लेषण गर्दा, हाम्रो देशको संबिधानले नै छुट दिएको देखिन्छ! सम्बन्धित बैंक बीमाको कर्मचारी विनियमावली ले न रोके सम्म राजनीतिक पार्टीमा आबद्ध हुन् देशको कुनै कानून ले रोकेको पाइन्न! यस्तो अवस्थामा प्राइभेट कम्पनिका सिइओहरु किन राजनीतिमा सक्रिय छैनन् त, के कारण ले रोकेको छ त? यस्ता सुशासन कायम गर्न सक्ने व्यक्तिहरु राजनीति मा आए देशमा केहि सुशासन कायम हुन्थ्यो कि?

धेरैजसो राजनीतिकर्मी झुट, व्यभिचार र अनविश्वासमा उभिएर राजनीति गरिरहेका छन्। वास्तवमा त्यो राजनीति वा राज्यनीति नै होइन, व्यभिचार वा अनीति हो। तैपनि, यसलाई हाम्रो देशमा राजनीति भन्ने गरिन्छ । यही असत्य र यदाकदा अर्धसत्यको आडमा देश चल्ने नियति चलिरहेको छ असत्यभन्दा अर्धसत्य झनै खतरनाक हुन्छ।

यस्ता झुठका खेती वा व्यभिचारी कदम र अपारदर्शी कार्य गर्न नसक्ने भएकाले प्राइभेट बैंक तथा बीमाका उच्च ओहदाका कर्मचारी राजनीतिमा हामफाल्न न सकेका हुन् त? वा निजहरुलाई पार्टीका नेताले स्थान नदिएका हुन्, विषय सोचनीय देखिन्छ ।

देशमा सुशासनको अवस्था एकदमै कमजोर छ पारदर्शिता कायम नभएको अवस्था छ आर्थिक अनुशासनको अवस्था त्यत्तिकै कमजोर छ राजनीतिलाई पेशाका रूपमा अपनाउनाले व्यतिथि बढेको छ राजनीतिलाई पेशा बनाउने व्यक्तिले कहिले पनि देश र जनताको हितमा काम गर्न सक्दैन राजनीति नहुने कुनै क्षेत्र छैन अहिले सार्वजनिक संस्थाको नियुक्ति मनोनयनदेखि संवैधानिक निकायमा समेत भागबण्डामा चल्न थालेको छ ।

नेपालमा सबैभन्दा सभ्य र मर्यादित राजनीति गर्नेहरूमा बैंक बीमा लगायत वित्तीय संस्थाहरूमा कार्यरत व्यक्तिहरूमा पाइन्छ बैंक, बीमा लगायत अधिकांश वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृतहरु राजनीतिमा सक्रिय छन् उनीहरूले राजनीतिलाई व्यवसाय बनाएका छैनन् बरु हजारौं नागरिकहरूलाई रोजगारी दिएका यसबाट राजनीतिक कर्मीहरूले पनि केही सिक्न जरुरी छ।
यो भन्दै गर्दा बैंक तथा बीमा क्षेत्रका केही व्यक्तिले राजनीतिक रूपमा वा आर्थिक रूपमा प्रभाव पारेर फाइदा नलिएका भने छैनन्।
नेपाल राष्ट्र बैंकको एकीकृत निर्देशिका विपरीत बैंकका प्रमुख कार्यकारी अधिकृत र अध्यक्ष त्यसैगरी बीमकको संस्थागत सुशासन सम्बन्धी निर्देशिका विपरीत बीमा कम्पनीहरूमा एकै व्यक्ति वर्षौंदेखि प्रमुख कार्यकारी अधिकृत रहेको पनि देखिन्छ यसमा भने नियमनकारी निकायले नियमन गर्न जरुरी छ।

राजनीति जनताका लागि गरिन्छ, राजनीति विकासका लागि गरिन्छ, राजनीति गरिबी र असमानता हटाउन गरिन्छ , राजनीतिले जनजीविकाको बाटो सहज बनाउन सक्नु पर्दछ व्यक्तिगत स्वार्थको लागि राजनीति गर्नु हुँदैन कतिपय उच्च व्यवस्थापकहरू यस्ता पनि छन् जसले पार्टीको राजनीति नगरी इन्डस्ट्री भित्र व्यापक राजनीति गरिरहेका छन् ।

Facebook Comments

सम्बन्धित समाचार