AarthikBikash
आइतवार, चैत्र २, २०८१
  • होमपेज
  • राजनीति
  • हटौंडामा प्रचण्डको तस्वीर जलाउने राप्रपा नेता नीराजन पक्राउ

हटौंडामा प्रचण्डको तस्वीर जलाउने राप्रपा नेता नीराजन पक्राउ

  • आइतवार, चैत्र २, २०८१
हटौंडामा प्रचण्डको तस्वीर जलाउने राप्रपा नेता नीराजन पक्राउ

काठमाडौं-हटौंडामा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को तस्वीर जलाउने राप्रपानिकट राष्ट्रिय प्रजातान्त्रिक युवा संगठनका नेता पक्राउ परेका छन् ।

पूर्वप्रधानमन्त्रीसमेत रहेका प्रचण्डको फोटो जलाउने संगठनका सदस्य सचिव नीराजन बम पताँलालाई प्रहरीले पक्राउ गरेको हो ।

उनलाई चितवन प्रहरीको सहयोगमा आज पक्राउ गरिएको कवानपुर प्रहरीले जनाएको छ ।

शनिबार हेटौंडामा आयोजित युवा संगठन मकवानपुरको जिल्ला अधिवेशनको क्रममा प्रचण्डको तस्वीर जलाइएको थियो ।

राप्रपा केन्द्रीय नेता तथा प्रतिनिधिसभा सदस्य दीपकबहादुर सिंह सहभागी कार्यक्रममा संगठनका सदस्य सचिव पताँलाले पूर्वप्रधानमन्त्री प्रचण्डको तस्वीर जलाएका थिए।

प्रचण्डको तस्वीरमा आगो लगाउँदै उनले गणतन्त्र मुर्दावाद भने नारा लगाएका थिए ।

Facebook Comments

सम्बन्धित समाचार