AarthikBikash
बुधबार, बैशाख १६, २०८३
  • होमपेज
  • खेलकुद
  • विश्वकप लिग–२ मा आज ओमानसँग भिड्दै नेपाल

विश्वकप लिग–२ मा आज ओमानसँग भिड्दै नेपाल

  • बुधबार, बैशाख १६, २०८३
विश्वकप लिग–२ मा आज ओमानसँग भिड्दै नेपाल

काठमाडौं – आईसीसी क्रिकेट विश्वकप लिग–२ श्रृंखलाअन्तर्गत आज नेपाल र ओमानबीच प्रतिस्पर्धा हुँदैछ ।

खेल कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा बिहान ९ः३० बाट सुरु हुनेछ । नेपालले यसअघि पहिलो खेलमा युनाइटेड अरब इमिरेट्स (यूएई) लाई ३७ रनले पराजित गरेको थियो । ओमानले भने पहिलो खेलमा यूएईसँग हार बेहोरेको छ ।

लिग–२ को अंकतालिकामा नेपाल २१ खेलबाट १४ अंक जोडेर सातौँ स्थानमा छ भने ओमान २५ खेलमा २९ अंक जोडेर तेस्रो स्थानमा छ ।

सम्बन्धित समाचार