AarthikBikash
आइतवार, जेष्ठ ३१, २०८३
  • होमपेज
  • खेलकुद
  • अन्तिम क्षणमा कतार र स्विट्जरल्याण्डको रोमाञ्चक बराबरी

अन्तिम क्षणमा कतार र स्विट्जरल्याण्डको रोमाञ्चक बराबरी

  • आइतवार, जेष्ठ ३१, २०८३
अन्तिम क्षणमा कतार र स्विट्जरल्याण्डको रोमाञ्चक बराबरी

काठमाडौं – कतार र स्विट्जरल्याण्डबीच भएको रोमाञ्चक अन्तर्राष्ट्रिय फुटबल खेल १–१ को बराबरीमा सकिएको छ। खेलको अन्तिम समयमा कतारले गोल फर्काउँदै हार टारेपछि दुवै टोलीले अंक बाँडेका हुन्।

खेलको १६औँ मिनेटमै स्विट्जरल्याण्डले अग्रता बनाएको थियो। कतारका गोलरक्षक मोहम्मुद अबुनादाले बल लिएर अघि बढिरहेका स्विस खेलाडी डेनिस जकारियालाई रोक्ने क्रममा फाउल गरेपछि रेफ्रीले पेनाल्टी दिएका थिए।

प्राप्त अवसरलाई सदुपयोग गर्दै स्विट्जरल्याण्डका ब्रिल एम्बोलोले सहज गोल गर्दै टोलीलाई १–० को अग्रता दिलाए।गोल खाएपछि दबाबमा परेको कतारलाई गोलरक्षक अबुनादाले खेलमा जोगाइराखे।

उनले त्यसपछि स्विट्जरल्याण्डका लगातार आक्रमण र गोल प्रयासहरू विफल पार्दै उत्कृष्ट प्रदर्शन गरे। खेलभर स्विट्जरल्याण्डले १० वटा कर्नर पाएको थियो भने कतारी रक्षापंक्तिमाथि निरन्तर दबाब सिर्जना गरेको थियो।

तर खेल सकिन केही क्षण मात्र बाँकी रहँदा कतारले अप्रत्याशित पुनरागमन गर्‍यो। अन्तिम घडीमा बोलिएम खौकीले महत्वपूर्ण गोल गर्दै खेल १–१ को बराबरीमा ल्याए। त्यसपछि थप गोल हुन नसक्दा प्रतिस्पर्धा बराबरीमा टुंगियो।

अन्तिम समयमा आएको गोलसँगै कतारले हारको मुखबाट एक अंक जोगाउन सफल भयो भने स्विट्जरल्याण्डले जित नजिक पुगेर पनि बराबरीमा चित्त बुझाउनुपरेको छ।

सम्बन्धित समाचार