AarthikBikash
आइतवार, अशोज २५, २०८३
  • होमपेज
  • राजनीति
  • एमालेले तोक्यो वडा र पालिका अधिवेशनको मिति, १३ जना केन्द्रीय सदस्यमा मनोनीत

एमालेले तोक्यो वडा र पालिका अधिवेशनको मिति, १३ जना केन्द्रीय सदस्यमा मनोनीत

  • शनिबार, अशोज २४, २०८३
एमालेले तोक्यो वडा र पालिका अधिवेशनको मिति, १३ जना केन्द्रीय सदस्यमा मनोनीत

काठमाडौं – नेकपा एमालेले आगामी मंसिर २६ गते वडा र पुस ४ गते पालिका अधिवेशन गर्ने निर्णय गरेको छ । पार्टीको स्थायी कमिटीको पहिलो बैठकले आगामी मंसिर पहिलो साता राष्ट्रिय भेला आयोजना गर्ने निर्णयसमेत गरेको हो ।

अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा बिहीबारदेखि बसेको स्थायी कमिटी बैठकका निर्णय सार्वजनिक गर्दै महासचिव शंकर पोखरेलले वडा र पालिका अधिवेशनको मिति तय गरिएको जानकारी दिए ।

एमालेले राष्ट्रिय भेलामा प्रदेश कमिटी र जिल्ला कमिटीका पदाधिकारी, पालिका कमिटीका अध्यक्ष तथा उपाध्यक्ष र सबै तहका जनप्रतिनिधिलाई सहभागी गराउने निर्णय गरेको छ। वडा र पालिका अधिवेशन सम्पन्न भएपछि प्रदेशस्तरीय भेला आयोजना गरिने पार्टीले जनाएको छ।

बैठकले मधेश प्रदेशसभामा पार्टीका समानुपातिक सांसद जैनब खातुनको निधनपछि रिक्त रहेको स्थानमा नाजिमा खातुनलाई मनोनयन गरी निर्वाचन आयोगमा सिफारिस गर्ने निर्णय पनि गरेको छ।

त्यस्तै, २३ जिल्लामा जिल्ला तहकै निर्णयबाट अध्यक्ष तोकी संगठन कमिटीमा स्थानान्तरण गर्ने र अनुमोदनका लागि माथिल्लो कमिटीमा पठाउने निर्णय भएको छ।

स्थायी कमिटी बैठकले १३ जनालाई केन्द्रीय कमिटी सदस्यमा मनोनीत गरेको छ।

सम्बन्धित समाचार