काठमाडौं – नेपालमा पछिल्लो २४ घण्टामा थप २२१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ४ हजार ५८ जनाको स्वाब परीक्षण गर्दा पीसीआर विधिबाट १२२ तथा एन्टिजेन विधिबाट ९९ जनामा गरी २२१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा २०६ जना संक्रमणमुक्त भएका छन् । यससँगै कोरोना संक्रिय […]
काठमाडौं – काठमाडौं महानगरपालिकाले गोंगबुस्थित नयाँ बसपार्क क्षेत्र वरपर निर्माण गरिएका अवैध संरचना हटाउन सुरु गरेको छ । आइतबार कोटेश्वर क्षेत्रमा निर्माण गरिएका अवैध संरचना हटाएको महानगरपालिकाले आज महानगरपालिका– २६ मित्रनगरमा अवैधरुपमा निर्माण गरिएका संरचना हटाउन थालेको हो । वडा नम्बर २६ का वडाध्यक्ष ख्यामराज तिवारीले जथाभावी फुटपाथ र पार्किङ मिचेर बनाइएका संरचना हटाउने काम […]
झापा – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली झापा– ५ बाट प्रतिनिधि सभा उम्मेदवारमा सिफारिस भएका छन्। क्षेत्रीय समितिको बैठकले ओलीको नाम सर्वसम्मत सिफारिस गरेको झापा– ५ का एमाले इन्चार्ज होम थापाले बताए। ओली २०७४ सालको चुनावमा ५७ हजार १३९ मत ल्याउँदै प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका थिए। उनका निकटम प्रतिद्वन्द्वी डा. खगेन्द्र अधिकारीले २८ […]