काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता डा प्रकाशशरण महतले नेपालको समृद्धिका लागि कांग्रेसको नेतृत्वमा सरकार आवश्यक रहेको बताएका छन्। लामो समयदेखि अवरुद्ध विकास प्रक्रियालाई गति दिन तथा नेपालको समृद्धिका लागि पनि कांग्रेसको नेतृत्वमा सरकार आवश्यक भएको महतको भनाई छ। आइतबार महेन्द्रनगरमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै नेता महतले आगामी मंसिरमा हुने निर्वाचनपछि कांग्रेसको नेतृत्वमा स्थायी सरकार निर्माण […]
झापा – प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले कुनै पनि मतदान केन्द्रमा पुनः मतदान गर्नुपर्ने स्थिति सृजना हुन नदिने गरि निर्वाचन सम्पन्न गराउने तयारीका साथ निर्वाचन आयोग अघि बढेको बताएका छन् । मंसिर ४ गते हुने प्रतिनिधि सभा सदस्य र प्रदेशसभा सदस्यको निर्वाचनका सन्दर्भमा आइतबार झापाको बिर्तामोडमा निर्वाचन आयोग, नेपाल र नेपाल कानुन समाजले आयोजना गरेको […]
काठमाडौं । जसपाका अध्यक्ष एवं सप्तरीका उम्मेदवार उपेन्द्र यादवको प्रचार गरेको बारे राम राजा प्रसाद सिंह प्रतिष्ठानका कार्यकारी निर्देशक डा. रन्जितकुमार सिंहलाई निर्वाचन आयोगले स्पष्टिकरण सोधेको छ । यादवले सेयर गरेको फेसबुक पेजमा डा. झाले गरेको प्रचार प्रसार बारे २४ घण्टाभित्र स्पष्टिकरण दिन आयोगले निर्देशन दिएको छ । निर्वाचन आयाेगले एमालेबाट दाङकी उम्मेदवार काेमल ओलीलाई […]
काठमाडौं । निर्वाचन आयोगले काठमाडौं महानगरका मेयर बालेन्द्र साहलाई स्पष्टिकरण सोधेको छ । ईन्जिनियर अनन्तराज घिमिरे अध्यक्ष रहेको हाम्रो नेपाली पार्टीले मेयर साहको तस्बिर र नाम राखेर निरन्तर भोट मागिरहेका कारण उनको त्यस पार्टीसँग सम्लग्नता रहे नरहेको बारे जानकारी दिन स्पष्टिकरण मागेको हो । आयोगले पत्र प्राप्त भएको दुई दिनभित्र स्पष्टिकरण दिन मेयर साहलाई निर्देशन […]