AarthikBikash
आइतवार, फाल्गुन २५, २०८१
  • होमपेज
  • अर्थ/वाणिज्य
  • अर्थ मन्त्रालयले गर्‍यो बजेट लेखन समिति गठन

अर्थ मन्त्रालयले गर्‍यो बजेट लेखन समिति गठन

  • बिहिबार, फाल्गुन १५, २०८१
अर्थ मन्त्रालयले गर्‍यो बजेट लेखन समिति गठन

काठमाडौं – अर्थ मन्त्रालयले आर्थिक वर्ष २०८२/०८३ को बजेट लेखनका लागि बजेट लेखन समिति गठन गरेको छ ।

बजेट महाशाखा प्रमुख श्रीकृष्ण नेपालको संयोजकमा समिति गठन गरिएको हो ।

सदस्यहरूमा वैदेशिक महाशाखा प्रमुख धनीराम शर्मा, राजस्व महाशाखा प्रमुख उत्तरकुमार खत्री, प्रशासन महाशाखा प्रमुख थानप्रसाद पंगेनी, आन्तरिक राजस्व विभागका उपमहानिर्देशक तीर्थ चिलुवाल र सहमहालेखा नियन्त्रक सुशीला अर्याल छन् ।

बजेटको सिद्धान्त तथा प्राथमिकता निर्धारण, मन्त्रालयगत आयोजनाहरू कार्यक्रमहरूको प्राथमिकीकरण गर्न सहजीकरण, बजेट वक्तव्यको मस्यौदा तयार गर्नुका साथै नीति तथा कार्यक्रममा सुझाव पेस गर्ने कार्य जिम्मेवारी बजेट लेखन समितिको रहेको छ ।

Facebook Comments

सम्बन्धित समाचार