AarthikBikash
शुक्रबार, अशोज ४, २०८१
  • होमपेज
  • राजनीति
  • रवि लामिछानेविरुद्धको रिट दर्ता, मंगलबार पेसी

रवि लामिछानेविरुद्धको रिट दर्ता, मंगलबार पेसी

  • सोमवार, चैत्र २०, २०७९
रवि लामिछानेविरुद्धको रिट दर्ता, मंगलबार पेसी

काठमाडौं-राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेमाथि राहदानी दुरुपयोगमा मुद्दा चलाउनुपर्ने मागसहितको रिट सर्वाेच्च अदालतमा दर्ता भएको छ ।

महान्यायाधिवक्ताको कार्यालयमा लामिछानेविरुद्ध मुद्दा चलाउनुनपर्ने निर्णयविरुद्ध र उनलाई राहदानी दुरुपयोगमा मुद्दा चलाइनुपर्ने मागसहितको रिट सर्वाेच्च अदालतमा सोमबार दर्ता भएको हो ।

आइतबार युवराज पौडेल सफलले महान्यायाधिवक्ता कार्यालयको निर्णयविरुद्ध सर्वाेच्च अदालतमा रिट निवेदन दिएका थिए । रिट निवेदनको अध्ययनपछि सोमबार सर्वाेच्च प्रशासनले दर्ता गरेको हो । उक्त रिटमाथिको सुनुवाइका लागि मंगलबारका लागि पेसी तोकिएको छ ।

Facebook Comments

सम्बन्धित समाचार