AarthikBikash
बिहिबार, अशोज ३, २०८१
  • होमपेज
  • अर्थ/वाणिज्य
  • राष्ट्र बैंकले १० अर्ब रुपैयाँको विकास ऋणपत्र बिक्री गर्दै

राष्ट्र बैंकले १० अर्ब रुपैयाँको विकास ऋणपत्र बिक्री गर्दै

  • मङ्लबार, असार ५, २०८०
राष्ट्र बैंकले १० अर्ब रुपैयाँको विकास ऋणपत्र बिक्री गर्दै

काठमाडौं – नेपाल राष्ट्र बैंकले आज १० अर्ब रुपैयाँको विकास ऋणपत्र बिक्री गर्ने भएको छ । बैंकले बोलकबोलमार्फत ‘विकास ऋणपत्र २०८६ ङ (६ वर्षे)’ बिक्री गर्ने भएको हो ।

राष्ट्र बैंकले बिक्री गर्ने सो ऋणपत्र आज दिउँसो ३ बजेसम्म बोलकबोल मार्फत खरिद आवेदन दिन सक्नेछन् । उक्त ऋणपत्रमा कुल १० अर्ब रुपैयाँ निष्काशन हुने भएको छ ।

बैंक तथा वित्तीय संस्था, गैर– बैंक वित्तीय संस्था, बीमा कम्पनी, संगठित संस्था तथा नेपाली नागरिकहरुले सो ऋणपत्र खरिद गर्ने सक्ने राष्ट्र बैंकले जनाएको छ । सो ऋणपत्रको ब्याजदर बोलकबोलको माध्यमबाट निर्धारण गरिने भएको छ ।

बोलवालाले कबोल गरेको ब्याजदरलाई सानोदेखि ठुलो क्रममा मिलाएर राखि बाँडफाँड गरिने रकमसम्ममा कायम कटअफ ब्याजदरलाई एकल ब्याजदर कायम गरी सो ब्याजदर र सो ब्याजदरभन्दा तलका सबै बोलवालाहरुलाई सोही एकल ब्याजदरमा ऋणपत्र उपलब्ध गराइने राष्ट्र बैंकले जनाएको छ

Facebook Comments

सम्बन्धित समाचार