AarthikBikash
आइतवार, माघ २६, २०८२
  • होमपेज
  • अर्थ/वाणिज्य
  • रेमिट्यान्स गत वर्षभन्दा २२.७ प्रतिशतले बढ्यो

रेमिट्यान्स गत वर्षभन्दा २२.७ प्रतिशतले बढ्यो

  • सोमवार, असार २५, २०८०
रेमिट्यान्स गत वर्षभन्दा २२.७ प्रतिशतले बढ्यो

काठमाडौं-गत वर्षको साउनदेखि जेठसम्मको अवधिमा नेपालमा ११ खर्ब १२ अर्ब ५२ करोड रुपैयाँ बराबर रेमिट्यान्स भित्रिएको छ।

गत आर्थिक वर्षको सोही अवधिको तुलनामा चालु आर्थिक वर्षमा रेमिट्यान्स २२.७ प्रतिशतले बढेको हो।

गत आर्थिक वर्षको एघार महिनासम्ममा रेमिट्यान्स आप्रवाह ४.१ प्रतिशतले मात्रै बढेको थियो।

त्यस्तै, अमेरिकी डलरमा पनि रेमिट्यान्स १३ प्रतिशतले बढेर ८ अर्ब ५१ करोड अमेरिकी डलर पुगेको छ। अघिल्लो वर्ष यस्तो आप्रवाह १.८ प्रतिशतले बढेको थियो।

सम्बन्धित समाचार