काठमाडौं-बंगलादेशकी अपदस्थ प्रधानमन्त्री शेख हसिनालाई मानवताविरुद्धको अपराधको आरोपमा मृत्युदण्डको सजाय तोकिएको छ । विशेष न्यायाधिकरणले महिनौं लामो सुनुवाइमा उनलाई गत वर्ष विद्यार्थी नेतृत्वको विद्रोहमाथि घातक दमनको आदेश दिएकोमा दोषी ठहर गरिएको थियो। हसिनासँगै र दुई शीर्ष सहयोगीहरूलाई जुलाई विद्रोहको समयमा गरिएको मानवता विरुद्धको अपराधको दोषी ठहर गरेको छ । अन्य दुई जना पूर्व गृहमन्त्री असदुज्जमान […]
एजेन्सी-अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्की सँग व्हाइट हाउसमा लामो भेटवार्ता गरेका छन्। भेटपछि युक्रेन र रसियालाई हालको सीमा रेखामा युद्ध तुरुन्त रोक्न र त्यसलाई अन्त्य गर्न आग्रह गरेका छन्। ट्रम्पले सामाजिक सञ्जालमा लेख्दै भनेका छन्- ‘धेरै रगत बगिसकेको छ, अब दुवै पक्षले जितेको दाबी गर्न सक्छन्, तर इतिहासले त्यस निर्णय गर्नेछ”, “तपाईंहरू […]
एजेन्सी-साउदी अरबका युवराज मोहम्मद बिन सलमान र पाकिस्तानका प्रधानमन्त्री शहबाज शरीफबीच बुधबार ऐतिहासिक रक्षा सम्झौतामा हस्ताक्षर भएको छ । सम्झौताअनुसार, एक देशमाथि आक्रमण भएमा त्यसलाई अर्को देशमाथि भएको आक्रमण मानिने व्यवस्था गरिएको छ । दुबै नेताले संयुक्त वक्तव्य जारी गर्दै सम्झौताले दुवै देशको सुरक्षा सुनिश्चित गर्ने र विश्व शान्ति स्थापना गर्ने प्रतिबद्धता जनाइएको छ । […]