काठमाडौं – आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्न संघीय संसद्को संयुक्त बैठक यही जेठ १५ गते बस्ने भएको छ ।
प्रतिनिधि सभाको आजको बैठकमा सभामुख डोलप्रसाद अर्यालले ४:०० बजे बस्ने संयुक्त बैठकका लागि ३:४५ बजे नै प्रतिनिधि सभा र राष्ट्रिय सभाका सांसदहरूलाई उपस्थित भइसक्न सूचित गरेका हुन् ।
नेपालको संविधान २०७२ जारी भएपछि संविधानमै व्यवस्था गरेर प्रत्येक वर्ष जेठ १५ गते दुवै सदनको संयुक्त बैठकमा बजेट प्रस्तुत गर्ने मिति तोकिएको छ ।
गणतन्त्र दिवसको अवसर पारेर जेठ १५ गते बजेट प्रस्तुत गर्ने व्यवस्था गरिएको हो ।