राष्ट्रिय सेवा दल विधेयक प्रतिनिधिसभाबाट पारित
काठमाडौं – प्रतिनिधिसभाले राष्ट्रिय सेवा दल विधेयक, २०८३ पारित गरेको छ। सोमबार बसेको प्रतिनिधिसभा बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोबिता गौतमले विधेयक पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरेकी थिइन्। राष्ट्रिय आवश्यकताअनुसार नागरिकलाई राष्ट्र सेवाका लागि सक्षम बनाउने उद्देश्यले सरकारले ल्याएको उक्त प्रस्ताव सभाले बहुमतले पारित गरेको हो। विधेयकले विद्यालयमा अध्ययनरत विद्यार्थीमा देशप्रेम, जनसेवा, राष्ट्रिय […]